‘निम्स दाइ’ को खोजीमा पाकिस्तान पुगेका रास्वपा सांसद मिङ्ग्मा डेभिड शेर्पाको भिडिओ विवादमा
techpana.com · Sat Aug 01 07:34:34 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहितको टोलीको खोजीका लागि पाकिस्तान पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पर्वतारोही मिङ्ग्मा डेभिड शेर्पा विवादमा परेका छन् । टोली बेपत्ता भएको संवेदनशील घडीमा उनले सामाजिक सञ्जालमा शेयर गरेको एउटा भिडिओका कारण उनको आलोचना भएको हो ।
शुक्रबार बिहान ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित १० जनाको टोली बेपत्ता भएको थियो, जसमध्ये चार जनाको शव फेला परिसकेको छ । पुर्जासहित अन्यको अवस्था अझै अज्ञात छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)