नामिबियाविरुद्ध नेपालको कमजोर ब्याटिङ, ४० रनले पराजित
nepalpress.com · Mon Jul 11 17:21:45 GMT 2022
काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ४० रनको हार ब्यहोरेको छ।
२ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ८० रन जोड्यो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रन बनाए। देव खनालले ३४, कुशल भुर्तेलले २७, करन केसीले १९, आसिफ शेखले १७ तथा सोमपाल कामी र मोहम्मद आदिल खानले समान १० रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)