कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु
nepalpress.com · Fri Oct 02 02:14:06 GMT 2026

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा बस चालकको मृत्यु भएको हो।
दुर्घटनामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३–००१ ख ००९९ नम्बरको बस ठोक्किएका थिए। दुर्घटनामा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)