नर्गीका ५३ दलित परिवार शौचालयविहीन
barnanmedia.com · Thu Sep 25 22:05:15 GMT 2025

यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा शौच गर्न जान बाध्य छन् ।
नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चारवटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो । ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)