चार दिनयता काठमाडौंका मुख्य सडकमै मापसे परीक्षण ठप्प
nayapatrikadaily.com · Mon Dec 13 00:32:00 GMT 2021
रातभरजसो सवारीसाधन गुड्ने काठमाडौंका मुख्य सडकमै मापसे (मादक पदार्थ सेवन) परीक्षण रोकिएको छ । विगतमा अस्थायी बुथ राखेर नियमित मापसे परीक्षण हुँदै आएकोमा चार दिनयता रोकिएको हो ।
महाननगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार रत्नपार्क, नयाँ बानेश्वर, ठमेल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, अनामनगर, त्रिपुरेश्वरआसपासका सडकका चेकिङ प्वाइन्टमा शुक्रबार दिनयता मापसे परीक्षण गरिएको छैन । विगतमा प्रत्येक साँझ ७ बजेदेखि ती स्थानमा ट्राफिक प्रहरीले मापसे परीक्षणका लागि राख्ने गरेको अस्थायी बुथ अहिले छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)