मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरो कप २०२४ : पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

barnanmedia.com · Mon Jul 01 22:47:39 UTC 2024

युरो कप २०२४ अन्तर्गत सोमबार रातिको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको छ । जितसँगै पूर्वविजेता फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कडा प्रतिस्पर्धाबीचको खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि सोही आत्मघाती गोल निर्णयक बन्यो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसर गुमाएको थियो । फ्रान्सको गोलअघि बेल्जियमका केभिन डी ब्रुयनाको प्रहार फ्रान्सका गोलकिपरले बचाएका थिए । सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)