मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाउपाभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक विवाद तीब्र

barnanmedia.com · Mon Jul 01 22:55:11 UTC 2024

नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच आन्तरिक कलह तीब्र छ। ७ सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा रेशम पक्षीय ५ सांसद प्रतिपक्षी कित्तामा उभिँदा रञ्जिता पक्षीय २ सांसद प्रदेश सरकारमा सामेल छन्।

२१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन फेरेसँगै निर्वाचन आयोगले अध्यक्षमा रेशमलाई मान्यता नदिएर रञ्जितालाई अध्यक्षमा पुनःस्थापित गरेपछि गठबन्धनका विषयमा उनीहरुबीचको आन्तरिक शक्ति संघर्ष चर्किएको थियो।रेशम कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने पक्षमा हुँदा रञ्जिता एमालेसँगको गठबन्धनमा सामेल भएर अघि बढेकी थिइन्। उनीहरूकै विवादले नाउपाबाटै लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले छुट्टा छुट्टै गठबन्धनबाट सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्दा नाउपाले मुख्यमन्त्री समेत गुमाउनु परेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)