जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी
aarthiknews.com

सुर्खेत । जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको जडिबुटीले स्थानीयको जीविकोपार्जन र रोजगारीमा योगदान पुर्याएको छ ।
जिल्ला समन्वय समिति जाजरकोटले असोज १२ र १३ गते आयोजना गरेको सरकारी तथा गैरसरकारी कार्यालयहरूको वार्षिक प्रगति समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालयले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा जडिबुटी संकलनबाट स्थानीय समुदायले २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)