मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारबाट बाहिरिँदै प्रचण्ड

rajdhanidaily.com · Mon Jul 01 23:06:29 UTC 2024

काठमाडौं । सत्तागठबन्धन परिवर्तन हुने चर्चासँगै राजनीतिक दलका शीर्ष नेताहरूबीचको छलफलले तीव्रता पाएको छ । पछिल्लो समय विभिन्न प्रस्तावमा छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित रहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र प्रमुख सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि नेताहरूका बीचमा छलफलले तीव्रता पाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)