साहसिक खेलाडी फेलिक्स बाउमगार्टनरको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु
ratopati.com · Thu Jul 17 22:59:00 GMT 2025
काठमाडौँ। सन् २०१२ मा रेड बुल स्ट्राटोस प्रोजेक्टअन्तर्गत पृथ्वीको वायुमण्डलको सिमाना (३९ किलोमिटर) बाट कीर्तिमानी ‘जम्प’ गरेका अष्ट्रियाली साहसी खेलाडी फेलिक्स बाउमगार्टनरको ५६ वर्षको उमेरमा निधन भएको छ।
इटालीको एड्रियाटिक तटीय क्षेत्र पोर्तो सान्त एल्पिडियोमा बिहीबार भएको प्याराग्लाइडिङ दुर्घटनामा उनको ज्यान गएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार बाउमगार्टनरले आफ्नो प्याराग्लाइडरमाथिको नियन्त्रण गुमाएका थिए र ले मिमोसे फेमिली क्याम्पिङ भिलेजको स्विमिङ पुल नजिकको काठको संरचनामा ठोक्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)