मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिप्रति घृणा फैल्याउनेहरुप्रति  खबरदारी गर्न केपी ओलीको अपील

barnanmedia.com · Thu Sep 25 22:54:48 GMT 2025

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैल्याएर दिशाहिन गन्तव्यको राजनीति गर्नेहरुप्रति खबरदारी गर्न सबैमा अपील गर्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनबाट नजायज फाइदा उठाई दलबिहिन र गन्तव्यहिन बाटोमा मुलुकलाई लान खोजेकोप्रति अध्यक्ष ओलीले आम पार्टी पंक्तिसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई खबदारी गर्न अपील गर्नुभएको छ ।

प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डु स्थित निवासमा बिहिबार साँझ अध्यक्ष ओलीले भन्नुभयो– ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो ? यस्तो दिशाहिन राजनीति कसैले गर्नु हुँदैन । यसलाई आम पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिले खबरदारी गर्न मेरो अपील छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)