राष्ट्रपतिमा भोट हाल्न जानुअघि नेकपा एसका सांसद पार्टी कार्यालयमा भेला हुँदै
nepallive.com · Thu Mar 09 01:03:00 GMT 2023
काठमाडौं- बिहीबार राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान हुँदैछ। मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)