दोहोरिए सूचना प्रविधिका पुरानै नारा
ekantipur.com · Mon May 31 01:03:05 GMT 2021
काठमाडौँ — यसअघिकै बजेटमा भनिँदै आएको सूचना प्रविधिसम्बन्धी नारालाई यो वर्षको बजेटमा पनि निरन्तरता दिइएको छ । बजेटमा भनिएका सूचना प्रविधिसम्बन्धी केही कार्यक्रम यसअघि नै कार्यान्वयनमा आइसकेका छन् । केही कार्यक्रम भने पुरानै बजेटबाट दोहोरिएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा दुई वर्षभित्र देशभर अप्टिकल फाइबर विस्तार गर्ने योजना प्रस्तुत गरिएको छ । तर, नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत अघि बढाइएको देशभर अप्टिकल फाइबर विस्तार गर्ने परियोजनाको प्रगति निकै सुस्त छ । परियोजनालाई तीन वटा प्याकेजमा बाँडेर अन्य सेवा प्रदायकलाई विस्तारको जिम्मा दिइएको भए पनि एउटा प्याकेजअन्तर्गतका काम मात्रै अघि बढेको छ भने अन्य दुई प्याकेजको काम अघि बढेको छैन । प्राधिकरणका अनुसार पहिलो प्याकेजअन्तर्गत प्रदेश १ देखि ३ सम्मका जिल्ला सदरमुकामलाई छुने गरी मध्यपहाडी लोकमार्ग हुँदै अप्टिकल फाइबर विस्तार गर्नुपर्नेमा यसको प्रगति ४४ प्रतिशत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)