मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन छाड्न भोकभोकै पैदल

ekantipur.com · Sun Feb 27 00:53:49 GMT 2022

काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमातर्फ लागिरहेका छन् ।

कान्तिपुरको सम्पर्कमा आएका नेपालीका अनुसार त्यसरी हिँड्नेमध्ये केही पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमाबाट नजिकैको सहर लभिभ आसपास पुगेका छन् । केही भने राजधानी किभमै भौंतारिइरहेका छन् । किभ छाड्ने नेपालीमध्ये धेरैजसो ५ सय ५२ किलोमिटर टाढा लभिभ ताकेर हिँडिरहेका छन् । लभिभबाट धेरैजसो पोल्यान्डको सीमातर्फ लागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)