कांग्रेस नेता शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ गठन
rajdhanidaily.com · Sat Aug 01 09:11:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । समूहको सम्पर्क कार्यालय चुनदेवीमा आज शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिइएको हो । पार्टीको राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सो समिति र त्यसनिम्ति आवश्यक अन्य विभिन्न उपसमिति घोषणा गरिएको पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
नेता मीनबहादुर विश्वकर्माले आयोजक समितिमा पार्टीका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारीहरू, महानगर तथा नगर सभापतिहरूलाई समावेश गरिएको जानकारी दिए । यस्तै, संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)