गण्डकी प्रदेशका ४४ सरकारी भवनमा क्षति, १३ मा बस्न अयोग्य
rajdhanidaily.com · Thu Sep 25 23:28:28 GMT 2025

पोखरा । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी कार्यालय भवनको क्षतिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । विवरणअनुसार ४४ सरकारी भवनमा विभिन्नस्तरको क्षति भएकोमा १३ भवनमा तत्काल बस्न नमिल्ने गरी अयोग्य ठहर गरिएको छ । तीमध्ये ६ वटा भवनलाई तत्काल खाली गराई भत्काउनुपर्ने वा पूर्णरुपमा पुनः निर्माण गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ ।
गत २३ र २४ भदौमा जेनजी प्रदर्शनको क्रममा विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीपछि क्षतिको स्तर जाँचका लागि नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशले सञ्चालन गरेको ¥यापिड भिजुअल ड्यामेज एसेसमेन्ट (आरभिडिए) अभियानमार्फत संकलित विवरणअनुसार ४४ सरकारी भवनमा विभिन्नस्तरको क्षति देखिएको हो । इन्जिनियर र प्राविधिकलाई ६ समूहमा विभाजन गरी अध्ययन गरिएको थियो । ती समूहले आफ्नो जिम्मेवारीमा परेको भौतिक संरचनाको अध्ययन गरी प्रतिवेदन बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)