मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चोरखोलामा ट्रक र बस ठोक्किँदा चालकको मृत्यु, ११ जना घाइते

gorkhapatraonline.com · Fri Oct 02 03:38:43 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान ६ः१० बजे दुर्घटना भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना।६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बससँग ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)