रित्तिँदै पहाड, बस्ती बने उजाड
gorkhapatraonline.com · Fri Oct 02 03:38:58 GMT 2026

दशरथ चन्दको पल्लाचौडाली गाउँका काठको बुट्टेदार खोलादेली र ढुङ्गाको स्लेटका मौलिक घरहरू पुराना गाथा सुनाए झैँ फुस्रा देखिन्छन् । दैलोमा खिया लागेका ताल्चा झुन्डिएका छन् भने आँगनमा सिस्नो र बनमाराको झाडी पलाएको छ । चौतारीमा उदास आँखाहरू लिएर बसेका वृद्धवृद्धा तराई झरेका छोराछोरी वा मुग्लान पसेका नातिनातिना फर्कने आशामा बाटो कुरिरहेका छन् । यो रित्तिँदै गरेका बैतडीका गाउँहरूको तितो यथार्थ हो ।
कुनै बेला देहिमाण्डौ, शाहीलेक, देवलहाट जस्ता क्षेत्रमा मानिसको चहलपहल निकै बाक्लो हुन्थ्यो । अचेल अनौठो सन्नाटामा परिणत भएको छ । पछिल्लो दशकमा मध्यपहाडी लोकमार्ग र महाकाली कोरिडोर जस्ता अर्बौं रुपियाँ लगानीका राष्ट्रिय गौरवका आयोजना बैतडी पुगेका छन् । जिल्लाका ८४ वटै वडामा कच्ची सडक खुलेका छन् तर विडम्बना ! ती सडकमा गुड्ने गाडीले यात्रु नै पाउँदैनन् । रोजगारी र अवसरको खोजीमा मानिस तराई र सहर झरेपछि गाउँ र बजारक्षेत्र सुनसान बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)