हसाउँदै–रुवाउँदै आजबाट चमेलीको पोइ
newsofnepal.com · Fri Oct 02 03:36:08 GMT 2026

करिब १८ वर्षपछि ठूलो पर्दामा फर्किएका लोकप्रिय हास्य अभिनेता नारायण त्रिपाठीको पुनरागमनसँगै फिल्म चमेलीको पोइ आजबाट अल नेपाल रिलिजमा आउँदैछ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको फिल्मले मायाप्रेम, आशक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात र मानवीय सम्बन्धका विभिन्न आयामलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ। धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मले हाँसो र भावनालाई सँगसँगै अघि बढाएको छ। निर्देशक बोहराका अनुसार दर्शकलाई करिब साढे दुई घण्टा पूर्ण मनोरञ्जन दिने उद्देश्यले फिल्म तयार पारिएको हो। विशुद्ध मनोरञ्जनात्मक फिल्म भए पनि यसले दर्शकको मनलाई भावनात्मक रूपमा छुने उनको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)