सञ्चालनमा नआउँदै जीर्ण बन्दै बार्जुकोट भ्यूटावर
gorkhapatraonline.com · Fri Oct 02 03:47:17 GMT 2026

बाजुराको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको बार्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्यूटावर सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु गरिएको उक्त टावरको करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। निर्माण सुरु भएको सात वर्ष पुग्न लाग्दासमेत टावर निर्माण सम्पन्न नभएपछि संरचना जीर्ण बन्दै गएको हो।
प्रदेश सरकारअन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७/७८ मा बार्जुकोटमा भ्यूटावर निर्माण सुरु गरिएको टावर निर्माण समितिका सचिव डक्मर रावतले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)