युट्युबमा चम्कियो चौका दाउ
newsofnepal.com · Wed May 24 00:50:44 GMT 2023
गलत रिलिजका कारण छायाँमा परेको फिल्म चोका दाउ सार्वजनिक प्रदर्शन भएको धेरै समयपछि आएर युट्युबमा भने चम्कन पुगेको छ।
गत बिहीबार मात्र ओएसआर डिजिटलको युट्युब च्यानलमा अपलोड गरिएको फिल्म युट्युब ट्रेन्डिङका नम्बर वनमा आएको छ। फिल्म अपलोड गरिएको दिनदेखि नै लगातार पाँच दिनसम्म ट्रेन्डिङका नम्बर वनमा रहेको छ। फिल्म मंगलबारसम्म साढे दश लाखभन्दा बढीले य्ट्युबमार्पmत हेरिरहेका छन्। लोकप्रिय गायक, संगीतकार, तथा गीतकार शम्भुजित बासकोटाद्वारा निर्मित फिल्म गलत रिलिज डेटको शिकार भएको थियो। विभिन्न समसामयिक राजनीतिक तथा सामाजिक विसंगति एवं महिला शोषण र भ्रष्टाचारको विषयमा हास्य रसमा बनेको फिल्म पूर्णेन्दु झाले निर्देशन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)