मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तटबन्ध बनेपछि हट्यो त्रास

gorkhapatraonline.com · Fri Oct 02 04:27:34 GMT 2026

राप्ती नदीमा निर्माण गरिएको तीन हजार १५० मिटरभन्दा बढी पक्की तटबन्धका कारण यो बर्खामा खासै क्षति हुन पाएन । तटबन्धका कारण बाँकेका तटीय क्षेत्रका गाउँबस्ती यस वर्षको बाढी र डुबानबाट जोगिएका छन् । विगतमा सामान्य पानी पर्दा पनि बाढी र डुबानको समस्या बेहोर्ने गरेका यहाँका बस्तीले यस वर्ष सुरक्षित महसुस गरेका छन् ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमहीका अनुसार गत आर्थिक वर्षमा राप्ती नदीका जोखिमयुक्त क्षेत्रमा तीन हजार १५० मिटर पक्की र करिब चार सय मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)