दलित समुदायलाई पञ्चेबाजा
rajdhanidaily.com · Sun Dec 31 23:24:38 GMT 2023
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई पञ्चेबाजा प्रदान गरेको छ । वाद्यवादन पेशामा आवद्ध गाउँपालिका क्षेत्रका दलित समुदायलाई दलित एकता समाजसँग समन्वय गरी गाउँपालिकाले पञ्चेबाजा प्रदान गरेको हो ।
सहिदभूमि–६ सुकेपोखरीमा कार्यक्रम आयोजना गरी वाद्यवादकहरुलाई नरसिङ्गा, दमाहा, सहनाई, ट्याम्को, झ्याम्टा, ढोलक, बाउँताल लगायत बाजा प्रदान गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । ‘अहिले परम्परागत लोकबाजा बजाउँने क्रम घट्दै गएको छ । यसको संरक्षण गर्नुपर्ने आवश्यकता छ । बाजा बजाउँने पेशामा आवद्धहरुलाई प्रोत्साहन गर्नुपर्ने खाँचो पनि छ,’ अध्यक्ष राईले भने, ‘त्यसैले उहाँहरूलाई प्रोत्साहनका लागि पञ्चेबाजा प्रदान गरेका छौं, अब केही समयपछि पोशाक पनि प्रदान गर्दैछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)