मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन–रुस युद्धको विपक्षमा

annapurnapost.com · Wed Feb 23 06:28:00 GMT 2022

छिमेकी देश युक्रेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य बन्ने कुरा संसारकै सबैभन्दा धेरै क्षेत्रफल ओगटेको राष्ट्र रुसलाई पचेको छैन। झन् युरोपेली संघ (ईयू) को सदस्य बन्ने कुरा पनि उसका लागि टाउको दुखाइ बनेको छ। साँध जोडिएको छिमेकीले अन्त मितेरी गाँस्न र सम्बन्ध बढाइरहेको निको नलागेपछि युक्रेनको सीमा क्षेत्रमा केही समयअघि रुसले लाख सेना परिचालन गर्यो‍। सेना परिचालन भनेको हक्काँहक्काँ गर्दै लडाइँको निम्तो दिनु थियो। रुसको त्यस्तो कदमका विरुद्ध पश्चिमा र खासगरी अमेरिकाले आपत्ति मात्रै जनाएको छैन, युक्रेनका पक्षमा धुवाँधार लबिङ गरिरहेको छ। खासमा अहिले रुस र युक्रेनबीच उत्पन्न समस्या रुस र अमेरिकी द्वन्द्वको चरमोत्कर्ष प्रतीत भइरहेको छ। शक्ति राष्ट्रबीचको टकरावलाई धेरैले दोस्रो शीतयुद्ध पनि भनेका छन् भने कतिपयले तेस्रो विश्वयुद्धको पूर्वझलकका रूपमा पनि व्याख्या गरेका छन्।

विश्वका थुप्रै राष्ट्रबाट चिन्ता र चासो प्रकट भइरहँदा रुस भने युक्रेनमा हमला गर्ने कुनै योजना नरहेको बताउँछ। दिनप्रतिदिन आफ्नो योजनामा अघि बढ्न रोकिएको पनि छैन। मंगलबार मात्रै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका २ प्रदेश डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिएका छन्। ती प्रदेशका रुस समर्थक पृथकतावादीहरू संघर्षरत छन्। ती प्रदेशले पहिल्यै आफूहरूलाई क्रमशः जनगणतन्त्र डोनेट्स्क र जनगणतन्त्र लुहान्स्कको स्वघोषणा गरेकै थिए। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले पुटिनको घोषणाबाट नडराएको त बताएका छन्। तर, त्यहाँ शान्ति स्थापनाका लागि सेना परिचालन गर्ने सार्वजनिक गरेका छन्। त्यसले तनाव झन् बढ्दै गएको प्रष्ट्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)