निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो : पर्यटनमन्त्री पौडेल
ratopati.com · Fri Oct 02 04:38:31 GMT 2026

काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्। संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको 'अन्तर्राष्ट्रिय तथा पर्यटन समिति' को बैठकमा निगमको वर्तमान अवस्था र चुनौतीका विषयमा भइरहेको छलफलमा सहभागी हुँदै मन्त्री पौडेलले निगमको कार्यशैलीमा तत्काल व्यापक सुधारको आवश्यकता औँल्याएका हुन्।
निगमको दयनीय कार्यसम्पादनको कुरा गर्दै उनले यदि नेपाल वायुसेवा निगम सरकारी नभएर कुनै निजी कम्पनी भएको भए यतिबेलासम्म 'लिक्विडेसन' (खारेजी) मा गइसक्ने कडा टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)