हजारौँ लेखजंग उत्पादन गर्न राजनीतिमा होमिएको हुँ
merolifestyle.com · Tue Nov 15 11:49:55 GMT 2022
यतिबेला देश निर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब मात्र केही दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा लिएर धेरै भन्दा धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् ।
डा. लेखजंग थापा समेत यही चटारोमा छन् । कहलिएका चिकित्सक उनकोमा बिहान देखि मध्यरातसम्म बिरामीको लाम लाग्ने गर्छ । यतिबेला भने उनको यो पेशाले विश्राम पाएको छ । थला परेको राजनीतिको उपचार अझ बढी आवश्यक ठानेका छन् उनले । लुम्बिनी प्रदेशसभाका समानुपातिक उम्मेदवार डाक्टर थापा आफुलाई भोट माग्न घर–घर धाउँदै छन् । कुनैबेला न्युरो सर्जन डा. उपेन्द्र देवकोटा को विश्वासपात्र थिए यिनी । सात वर्षसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा कार्यरत डा. थापाले हाल आफ्नो समेत लगानीमा खुलेको नेशनल न्युरो सेन्टरबाट सेवा दिँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)