बढ्दै छ गिद्धको सङ्ख्या
gorkhapatraonline.com · Fri Oct 02 04:45:40 GMT 2026

दक्षिण एसियाबाटै लोप हुने अवस्थामा पुगेको प्रकृतिको महत्वपूर्ण सफाइकर्मी गिद्धको सङ्ख्या नेपालमा भने पुनः बढ्न थालेको छ । प्रभावकारी संरक्षण रणनीति, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार व्यवस्थापन र वासस्थान संरक्षणका कारण नेपाल गिद्धको सङ्ख्या वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा नेपालसहित भारत, पाकिस्तान र बङ्गलादेशमा गिद्धको सङ्ख्या तीव्र रूपमा घटेको थियो । अध्ययन अनुसार पशु उपचारमा प्रयोग हुने कीटनाशक औषधी ‘डाइक्लोफेनेक’ प्रयोग गरिएको गाईवस्तुको सिनो खाँदा गिद्धको मिर्गौला खराब भई दुई दिनभित्रै मर्ने गरेको पाइएको थियो । त्यसबेला प्रजाति र स्थान अनुसार गिद्धको सङ्ख्या वार्षिक २० देखि ५० प्रतिशतसम्म घट्दै गएको थियो ।
सङ्कट गहिरिँदै जाँदा दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए । यसपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा तथा बङ्गलादेशले सन् २०१० मा पशु उपचारमा ‘डाइक्लोफेनेक’ को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)