देउवा पक्षको राष्ट्रिय भेला संयोजकमा शशांक, १६ मूल समिति गठन
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसले देउवा पक्षको राष्ट्रिय भेलाको तयारीलाई औपचारिकता दिँदै आयोजक समितिको संयोजकमा डा. शशांक कोइरालालाई चयन गरेको छ। कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेका हुन्।
भेलालाई सफल बनाउन १६ वटा विभिन्न मूल समितिहरू गठन गरिएको छ। ती समितिहरू अन्तर्गत राजनीतिक प्रस्ताव तयारी, समसामयिक राजनीतिक प्रस्ताव तयारी, सांगठनिक प्रस्ताव तयारी, विधान संशोधन मस्यौदा, आर्थिक नीति तयारी, प्रचारप्रसार, संस्कृति तथा स्वास्थ्य, आर्थिक व्यवस्थापन, आवास तथा भोजन व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, सहभागी व्यवस्थापन, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समिति रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)