क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
nagariknews.nagariknetwork.com · Sat Aug 01 10:27:30 GMT 2026

बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा विभिन्न उपकरणको मर्मत गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकले एक साताको अवधिमा ती उपकरण मर्मत गरेको अस्पताल प्रशासनले जनाएको छ।
क्यान्सर अस्पतालका निर्देशक डा नीरज भट्टराईले मर्मत भएका उपकरण प्रयोगमा ल्याइएको जानकारी दिँदै केही उपकरण मर्मतका लागि सुझाव दिएकाले प्राविधिक टोलीले लिएर गएको बताए । ‘मर्मत भएका सबै उपकरण प्रयोगमा आएपछि बिरामीलाई सहज वातावरण निर्माण भएको छ’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)