पत्रकार धौलागिरि, दहाल र शर्माका पाँच पुस्तक सार्वजनिक
nepalsamaya.com · Fri Oct 02 05:07:54 GMT 2026

काठमाडौं- एक विशेष कार्यक्रमका बीच मुद्रण सञ्चार माध्यम र मिडिया अनुसन्धानमा आधारित पाँचवटा पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएका छन्। काठमाडौँको असोज १५ गते आयोजित कार्यक्रममा पत्रकार विनोद धौलागिरी, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित ती पुस्तकहरू औपचारिक रूपमा विमोचन गरिएका हुन्।
सेफर्ड कलेजमा आयोजित उक्त समारोहमा मुद्रण सञ्चार माध्यमसँग सम्बन्धित चारवटा र मिडिया अनुसन्धान गरी तयार पारिएको एउटा गरी जम्मा पाँच पुस्तक सार्वजनिक गरिएको हो। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मिडिया टेक्नोलोजीमा स्नातक र स्नातकोत्तर तह अध्ययन अध्यापन हुने एक मात्र क्याम्पसको रूपमा रहेको सेफर्ड कलेजले यसअघि पनि पाठ्यक्रममा आधारित दुईवटा पुस्तकहरू प्रकाशित गरिसकेको जानकारी सहायक क्याम्पस प्रमुख प्रेम पुनथोकीले दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)