मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'युक्रेनले रुसी प्रस्ताव नमाने रुसी फौजले निर्णय गर्छ'

baahrakhari.com · Tue Dec 27 18:17:00 GMT 2022

मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले रुसी प्रस्ताव पूरा नगरे रुसी फौजले निर्णय गर्ने चेतावनी दिएका छन् । उनले युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्ताव किभले अस्वीकार गरिरहेको पनि बताएका छन् ।

लाभरोभलाई उद्धृरित गर्दै रुसी समाचार एजेन्सी तास ले लेखेको छ, “युक्रेन युद्ध अन्त्यका लागि मस्कोका प्रस्तावहरू किभलाई सर्वविदितै छ । तसर्थ युक्रेनले आफ्नो भलाइका लागि हाम्रा प्रस्तावलाई पूरा गर्नुपर्छ । अन्यथा रुसी फोजले निणर्य गर्नेछ । हाम्रो प्रस्तावहरू भनेका युक्रेनी सरकारबाट नियन्त्रित भूभागहरूको निशस्त्रीकरण र गैर फासीवाद गर्नु तथा हाम्रा भूमिहरू लगायत त्यहाँका अन्य क्षेत्रबाट रुसको सुरक्षामा आइरहेको खतराको अन्त्य गर्नु रहेका छन् ।"

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)