जानकी मन्दिरलाई विश्वसम्पदामा लैजाने तयारी
gorkhapatraonline.com · Fri Oct 02 05:19:24 GMT 2026

जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारीसँगै मन्दिरआसपासका ऐतिहासिक तथा धार्मिक सम्पदाको पहिचान, अभिलेखीकरण र संरक्षणलाई व्यवस्थित बनाउने पहल थालिएको छ ।
नेपाल सरकारले गत भदौ १३ गते बसेको मन्त्रीपरिषद् बैठकबाट जानकी मन्दिरसहितको क्षेत्रलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन लागिएको हो । बुधबार जनकपुरधाम उपमहानगरपालिकाले बोलाएको बैठकमा सरोकारवालाले मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा प्रभावकारी बनाउन बताउँदै जानकी मन्दिरको ऐतिहासिक तथा धार्मिक पहिचानलाई थप स्थापित गर्दै संरक्षण, संवर्धन र विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई अघि बढाउने विषयमा आवश्यक पहल गर्ने निर्णय गरेको छ । छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन आवश्यक प्रव्रिmया अघि बढाउने उद्देश्यले प्रारम्भिक प्रतिवेदन तयार गरिएको बताउनुभयो । प्रतिवेदनमाथि स्थानीय समाजका अगुवा, विज्ञ तथा सरोकारवालासँग सुझाव लिएर अन्तिम रूप दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)