ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित
gorkhapatraonline.com · Fri Oct 02 05:16:09 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न मतगणनाबाट विभिन्न समावेशी समूहका प्रतिनिधि चयन भएसँगै जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेताहरूको टुङ्गो लागेको हो।
महाधिवेशन प्रतिनिधिका ३३ पदका लागि ७७ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। मंगलबार भएको मतदानमा जिल्लाका कुल एक हजार ८५१ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार ७४९ जनाले मतदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)