चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू क्षेत्र
arthadabali.com · Sun Jan 18 19:48:29 GMT 2026

सोलुखुम्बू / हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ । फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय याम मानिन्छ ।
याममा दैनिक ९०० देखि एक हजार जनासम्म पर्यटक प्रवेश हुने खुम्बू क्षेत्रमा अहिले मुस्किलले दुई–चार जना पर्यटक मात्रै आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका सूचना अधिकारी विवेक बइजुले जानकारी दिनुभयो । होटल खोलेरै बसेका कतिपय होटल व्यवसायी फुर्सदिलो बनेको खुम्बू पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । स्थानीय बासिन्दा चिसो छल्न अन्यत्र जाँदा खुम्बू सुनसान बनेको उहाँको भनाइ छ । “यहाँ प्रायजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुने हुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)