वीरगञ्जमा झैँझगडामा संलग्न युवक पक्राउ, सामाजिक सद्भाव कायम राख्न प्रहरीको आग्रह
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौं । प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२ ईदगाहा चोकस्थित भित्री सडकखण्डमा बस्ने १८ वर्षीय समीर अन्सारीले विगतको व्यक्तिगत विवादलाई लिएर झैझगडा गरेको भन्दै प्रहरीले निजलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इनरुवागाउँ बस्ने १८ वर्षका रञ्जित यादवलाई हातपात गरी ओठ तथा नाकमा चोट पुर्याएर घाइते बनाएकाले अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको हो। घाइते यादवको प्रभु अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)