मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रिय कृषि गणनाको खर्च १ अर्ब

abhiyandaily.com

काठमाडौं । सरकारले १ अर्ब रुपैयाँ खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले किसानका गुनासा, आवश्यकता र समस्या पहिचान गरी समाधानको बाटो खोज्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय जनगणना सकिएको करीब ६ महीनापछि केन्द्रीय तथ्यांक विभागले कृषि गणना शुरू गरेको हो । तथ्यांक संकलन, विश्लेषण, यसको तयारी, प्रश्नावली छपाइ, गणकको तलब सुविधा र अन्तिम नतिजा निकाल्ने बेलासम्ममा १ अर्ब रुपैयाँ खर्च हुने विभागले बताएको छ । तथ्यांक संकलनका लागि मात्रै करीब ७२ करोड रुपैयाँ खर्च हुने विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)