मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

khabarhub.com · Fri Oct 02 05:44:02 GMT 2026

काठमाडौं – नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग विज्ञ टोलीद्वारा संयुक्त रूपमा तयार पारिएको ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ को रणनीतिक वातावरणीय मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ ।

यस गुरुयोजनाले सन् २०५० सम्मको दीर्घकालीन अवधि समेट्दै काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाको यातायात प्रणालीलाई सुरक्षित, समावेशी र दिगो बनाउने लक्ष्य राखेको छ । हाल उपत्यकामा सवारी साधनको घनत्व प्रतिकिलोमिटर ८६८ पुगेको र कार्यालय समयमा औसत गति बिहान १३.६ किमीरघण्टा तथा बेलुकी १०.६ किमीरघण्टामा सीमित भएकाले परम्परागत रूपमा सडक विस्तार मात्र गरेर समस्या समाधान नहुने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)