लिग २ का लागि टिम घोषणा- हेमन्त बाहरिँदा नन्दनको कमब्याक
nepalpress.com · Fri Oct 02 05:48:59 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा घोषित टिममा अधिकांश पुरानै अनुहार छन् ।
हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् । यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन् । यस्तै, टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)