क्षतिग्रस्त दोधाराचाँदनी झोलुङ्गे पुलको अवस्था बुझ्न सुदूरपश्चिम पुग्यो प्राविधिक टोली
kendrabindu.com · Fri Oct 02 05:51:34 GMT 2026

काठमाडौं । महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त दोधाराचाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको अवस्था अध्ययन गर्न काठमाडौंस्थित प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ।
शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा प्राविधिक टोली बिहीबार बेलुका कैलालीको धनगढी पुगेको हो। टोलीले शुक्रबार कञ्चनपुरको दोधाराचाँदनी पुगेर बाढीका कारण क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)