सन्दीपको कप्तानीमा विश्वकप लिग–२ का लागि राष्ट्रिय क्रिकेट टोली घोषणा
nepalnews.com · Fri Oct 02 05:55:22 GMT 2026
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्ययीय टोली घोषणा गरेको हो।
जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्। कुशल भुर्तेल भने यस टोलीमा परेका छैनन्। लिग–२ यही अक्टोबर ७ देखि ओमानमा हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)