नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न तत्काल व्यापक सुधार आवश्यकः सांसद डा. कार्की
emountaintv.com · Fri Oct 02 05:57:30 GMT 2026

काठमाडौँ ।
नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनलाई ‘लज्जास्पद’ संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले निगमको व्यवस्थापकीय असफलता र यसका कारण सिर्जित बदनामीले सिंगो राष्ट्रको छविमा आँच पु¥याएको बताउनुभएको हो । सांसद डा. कार्कीले विश्वभरका पर्यटकीय गन्तव्यमा नेपालको उच्च सम्भावना रहे पनि वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण अन्य विदेशी एयरलाइन्सले यहाँको बजारबाट लाभ लिइरहँदा राष्ट्रिय ध्वजावाहक भने निरन्तर घाटामा जानु दुर्भाग्यपूर्ण भएको बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)