कान्तिपुरकर्मी कुँवरसहित तीन पत्रकार पुरस्कृत
ekantipur.com · Wed Mar 30 16:37:55 GMT 2022
काठमाडौं — दुई कान्तिपुरकर्मीसहित तीन पत्रकार पुरस्कृत भएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कान्तिपुरकर्मी सुरज कुँवरलाई नाट्टा मिडिया अवार्ड २०२२ बाट पुरस्कृत गरेको छ । सञ्चारमाध्यममार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासमा योगदान पुर्याएबापत कुँवरलाई पुरस्कृत गरिएको नाट्टाले जनाएको छ ।
यस्तै, पत्रकार महासंघ मोरङले षष्टिका बस्नेतको स्मृतिमा स्थापित सूचनाको अधिकार पुरस्कार टक्सार आर्थिक खबरपत्रिकाका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी र प्रोत्साहन पुरस्कार कान्तिपुरकर्मी देवनारायण साहलाई प्रदान गरेको छ । महासंघको ६७ औं स्थापना दिवसका अवसरमा बुधबार प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले दुवैलाई पुरस्कार हस्तान्तरण गरे । बुढाथोकीलाई नगद ५१ हजार ५१ र साहलाई नगद १५ हजार ५१ रूपैयाँ राशिसहितको पुरस्कार दिइएको हो । षष्टिकाका पिता खड्गबहादुर बस्नेतले छोरीको स्मृतिमा स्थापना गरेको ७ लाखको अक्षय कोषमा २०७३ देखि बर्सेनि दुई पुरस्कार हस्तान्तरणको व्यवस्थापन महासंघको मोरङ शाखाले गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)