निष्पक्ष छानबिन र संवादको माग: आमरण अनशन पक्षमा सिंहको विज्ञप्ति
corporatenepal.com · Sat Aug 01 11:40:49 GMT 2026

काठमाडौं । मधेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सुनसरीको देवानगञ्ज क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न, पीडित परिवारलाई न्याय दिलाउन र आन्दोलनरत पक्षसँग अविलम्ब संवाद सुरु गर्न सरकारसँग आग्रह गरेका छन् ।
घटनापछि विभिन्न माग राख्दै राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव तेस्रो दिनदेखि आमरण अनशनमा रहेको विषयलाई गम्भीररूपमा लिइएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकले शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउने अधिकार संविधानले सुनिश्चित गरेको बताएका छन् । अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति सरकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)