मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्यादी प्रहरीको कपडा खरिद प्रकरण अध्ययन गर्न मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

clickmandu.com · Fri Oct 02 06:07:36 GMT 2026

काठमाडौं । म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न सार्वजनिक लेखा समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेको अध्ययन समिति गठन गरेको हो । समितिले दुई महिनाभित्र अध्ययन गरी सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाउनुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)