बलपूर्वक फेरियो बजेट
annapurnapost.com · Sat Sep 11 06:15:00 GMT 2021
काठमाडौं : अध्यादेशमार्फत १५ जेठमा ल्याइएको आर्थिक वर्ष २०७८/०७९ को बजेट सरकारले शुक्रबार संशोधन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा अवरोधका बीच प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँबराबरको बजेट पेस गरेका हुन्। यो अघिल्लो सरकारले ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको तुलनामा करिब १५ अर्बले कम हो।
कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड छ। पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड छ। वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड छ। प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड छुट्ट्याइएको छ। वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालू खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)