ओमानमा हुने लिग -२ सिरिजका लागि नेपालको टोली घोषणा, भुर्तेल आउट !
barnanmedia.com · Fri Oct 02 06:06:08 GMT 2026
काठमाडौं । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा कप्तान सन्दीप लामिछानेसहित १५ खेलाडी समेटिएका छन् ।
घोषित टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरालगायत रहेका छन् । यस्तै गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल पनि टोलीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)