मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालीहरू अब गरिब छैनन्, विश्वभर सक्षम बनिसकेका छन् : एनआरएनए नेता महतो

ratopati.com · Fri Oct 02 06:24:20 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया–प्यासिफिक क्षेत्रका उपसंयोजक (डीआरसी) राकेश प्रसाद महतोले विश्वभर रहेका नेपाली आर्थिक रूपमा सक्षम बन्दै गएको बताएका छन्। उनले नेपालीहरू अब वैदेशिक रोजगारीमा जाने श्रमिकका रूपमा मात्र सीमित नभई विभिन्न देशमा व्यवसाय सञ्चालन गर्ने र लगानी गर्ने हैसियतमा पुगेको बताए।

‘आजको दिनमा नेपालीहरू गरिब छैनन्। नेपालीहरू यति सक्षम भइसकेका छन् कि उनीहरूले प्राइभेट जेट चढ्न सक्ने हैसियत राखिसकेका छन्,’ मलेसियामा रहेर व्यवसाय गरिरहेका महतोले भने, ‘अमेरिका, मलेसियालगायतका देशमा आफ्नै प्राइभेट जेट भएका नेपाली पनि छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)