ओमानमा हुने आइसीसी विश्वकप लिग २ को लागि नेपालको टोली घोषणा
annapurnapost.com · Fri Oct 02 06:20:44 GMT 2026
काठमाडौं : ओमानमा हुने आइसिसी विश्वकप लिग २ को लागि नेपालको टोली घोषणा भएको छ। सन्दीप लामीछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हाे ।
ओपनर ब्याटर कुशल भुर्तेल टिममा छैनन्। तीव्र गतिका बलर सोमपाल कामी पनि टिममा छैनन्। नन्दन यादव एकदिवसीय टिममा फर्किएका छन्। साहब आलम र शेर मल्ल पनि टिममा अटाएका छन्। लिग २ को यो श्रृंखला असोज २१(अक्टोबर ७) देखि सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)