नेपालको कुल रेमिट्यान्समध्ये आइएमई र आबद्ध संस्थामार्फत भित्रिन्छ ५०% भन्दा बढी
clickmandu.com · Fri Oct 02 06:33:56 GMT 2026

काठमाडौं । आइएमई लिमिटेड र यससँग आबद्ध संस्थाहरूले मात्रै नेपाल भित्रिने कुल रेमिट्यान्सको ५० प्रतिशतभन्दा बढी हिस्सा औपचारिक रूपमा भित्र्याइरहेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
आइएमई लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ढकालले उक्त जानकारी दिएका हुन् । उनले यो उपलब्धि केवल व्यावसायिक आँकडा मात्र नभई देश–विदेशमा रहेका लाखौं नेपालीहरूको अटूट विश्वास र भरोसाको प्रमाण भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)