बदलिँदै राजी समुदायको दिनचर्या
reportersnepal.com · Fri Oct 02 06:31:27 GMT 2026

कैलाली, १६ असोज। “पहिले जङ्गलमा गएर काम गर्नुपर्थ्याे अनि मात्र खान पाइन्थ्यो, अहिले सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसले खान–लाउन र जीविकोपार्जन गर्न सहज भएको छ”, ७० वर्षीया झिना राजीले आफ्नो विगत सम्झँदै भनिन्।
जीवनको लामो समय जङ्गलसँग जोडिएर बिताएकी झिना अहिले आफ्नो समुदायमा आएको परिवर्तन आफ्नै आँखाले देखिरहेकी छन्। कुनै समय परिवारको गुजारा चलाउन जङ्गल पस्नुपर्ने अवस्था थियो। अहिले भने राज्यबाट सामाजिक सुरक्षा भत्ता, आवास, शिक्षा र स्वास्थ्यलगायत सेवा सुविधा पाउन थालेपछि जीवनयापन सहज भएको उनी बताउँछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)